दफा २१
इजाजतपत्र रद्द गर्न सक्ने
(१) प्रमाणीकरण गर्ने निकायको काम कारबाहीका सम्बन्धमा तोकिए बमोजिमको रीत पु¥याई भएको जाँचबुझबाट देहायका कुनै कुरा हुन गएको देखिएमा नियन्त्रकले यस ऐन बमोजिम जारी गरेको इजाजतपत्र जुनसुकै बखत रद्द गर्न सक्नेछः–
(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत पालन गर्नु पर्ने दायित्व प्रमाणीकरण गर्ने निकायले पालना नगरेकोमा,
(ख) प्रमाणीकरण गर्ने निकायले इजाजतपत्र प्राप्त गर्नको लागि निवेदन दिंदाका बखत वा इजाजतपत्र नवीकरणको लागि निवेदन दिंदाका बखत झुट्टा वा गलत विवरण तथा कागजात दाखिला गरेको देखिएकोमा,
(ग) प्रमाणीकरण गर्ने निकायले सार्वजनिक हित वा राष्ट्रिय अर्थतन्त्रलाई प्रतिकूल असर पर्ने किसिमबाट कारोबार सञ्चालन गरेकोमा,
(घ) प्रमाणीकरण गर्ने निकायले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत कसूर ठहरिने कुनै काम गरेकोमा,
(२) उपदफा (१) बमोजिम नियन्त्रकले इजाजतपत्र रद्द गर्नु अघि प्रमाणीकरण गर्ने निकायलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(३) इजाजतपत्र रद्द गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।